खुद्रा विकासले पर्यटन प्रवर्द्धन सम्भव नहुने


मगहीटुडे/जनकपुरधाम, असोज १२
जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रदेश-२ को पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना निर्माणमा जोड दिनु भएका छ ।

होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले वेलकम होटेलमा आयोजना गरेको पर्यटन प्रवर्द्धन सम्बन्धि छलफल कार्यक्रममा अध्यक्ष यादवले
धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको प्रदेश-२ मा खुद्रा विकासले पर्यटन प्रवर्द्धन सम्भव नरहेको उल्लेख गर्नु हुँदै प्रदेश सरकारले एकीकृत योजना बनाउनु पर्नेमा जोड दिएको थिए ।

धार्मिक तथा एतिहासिक पर्यटन विश्व भरिमै पर्यटनको ठुुलो हिस्सा ओगटेको उल्लेख गर्दै अध्यक्ष यादवले पर्यटक भित्र्याउन सक्ने सम्भावना बोकेका प्रदेश भरिकै धार्मिक तथा एतिहासिक स्थलहरुलाई समेटेर एकीकृत योजना बनाउन प्रदेस सरकारलाई आग्रह गर्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले पर्यटन प्रवर्द्धनको लागि प्रदेशका मुख्य धार्मिक तथा एतिहासिक स्थलहरुमा विकास निर्माणको काम शुरु गरिसकेको र अगामी दिनमा एकीकृत योजना नै बनाएर अघि बढने बताउनु भएका छन् ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको पर्यटन प्रवर्द्धनका लागि हरेक पक्षसंग सहकार्य गर्न सरकार तयार रहेको बताएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह पर्यटकीय विकासमा अर्थको आभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार