कांग्रेस नेता चौधरीले भने लहानको मेयर बनेपछी नै लहानलाई रुपान्तरण गर्छु ।


न्युजडेस्क/सिरहा, कार्तिक २२
सिरहाको लहान नगरपालिकामा बिकास गर्न समाजसेबि तथा नेपाली काङ्ग्रेसका महासमिति सदस्य महेश चौधरीलाई नै आउने चुनावमा मेयर बनाउनु पर्ने गाउँ- गाउँमा ब्यापक चर्चा भई रहेको छ् ।

लहानमा बिकास जौको तौ रहेको र बिकासको नाउँमा बिनास नै भएको स्थानीयको भनाई छ।लहानका मेयर मुनि साहको चुनावी एजेन्डा हाम्रो लहान समृद्ध लहान, फोहरबाट मोहर, घरको अगाडी फोहर हैन फुल रोपौ, लहानलाई स्मार्ट सिटी बनाउने कल्पना अधुरानै रहेको देखिन्छ । लहानका मेयर बिकास बाधक रहेको जनगुनासो रहेको छ् ।

आफ्नो चुनावी एजेन्डा आनुसार साह लाहान मेयरका लागी उपयुक्त ब्यक्ती नरहेको साहले जनसमुदायमा दिएको बिश्वास सब झुठा भएको देखिन्छ ।

लहान नगरपालीकाका बिकास र लहानलाई समृद्ध र रुपान्तरण ल्याउन समाज सेबी महेश चौधरी नै लहान नगरपालीकाको मेयर बनाउनु पर्ने चौक चौराहा र गाउँ गाउँमा व्यापक चर्चा चलीरहेको छ् । नेता चौधरी समाजसेवा गर्दा गर्दै श्रीमती संगिता कर्माचार्य र भाई दिपेन्द्र सिंहलाई गुमाएको कुरा समाजमा जग्जाहेर नै रहेको छ ।

स्वर्गीय संगिता स्मृति प्रतीस्ठानद्धारा निरन्तर समाज सेवा गर्दै आएका छन् । यो बर्ष यो स्वर्गीय संगिता स्मृति प्रतीस्ठानद्धारा सिरहाका एकजना शकृय पत्रकारलाई ५१ हजारको धनरासीको पुरुस्कार दिने भएको छ।नेपाल पत्रकार महासंघ सिरहाको अध्यक्ष मनोज बनैता यादव लगायत कार्यसमितिको निर्णय अनुसार नाम छनोट गर्ने भएको छ ।

नेता चौधरीले समाजसेवामा गर्दा नजदिकको दुई जना गुमाउनु भएको छ।श्रीमती र भाई गुमाए पनि सामाज सेवा गर्न पछाडि कहिले नहटने र आफू जिबनो प्रान्त समाज सेवा मै रहने बताउनु भयो ।

कोरोना पहामारीको बेला समाज सेबी चौधरी र स्वर्गीय संगिता कर्माचार्यले गरीब दलित र निमुखा बस्तीमा घर-घर गएर आफनै परिवार सम्झेर खाद्य्यान सहयोग गरेका छन् ।

आउने चुनावमा समाज सेबी महेश चौधरीलाई लहानका मेयरमा ल्याएन भने बिकासको नाउँमा लहान कयौं बर्ष पछाडि पर्ने जनसमुदायको भनाई रहेको छ ।

समाज सेबी चौधरीका अनुसार आफू मेयर बनेपछि लहान नगरपालीकाको एक हजार युवालाई नगरपालीकाको खर्चले वैदेशिक रोजगारीको लागि पठाउनले र शिक्षा स्वास्थ र रोजगार र ५०० सय दलित बस्तीको निर्माण गर्ने बताए । मेयर हुँदा आफू राम्रो भुमिका निर्वाह गर्ने पत्रकार समेलनमा प्रतिबध हुन् भयो।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार