जसपामा नयाँ शक्ति रूपमा पिछडावर्ग (ओबिसी) सामेल हुने ।


बलिराम कापरी/जनकपुरधाम, मंसिर १५ गते
अखिल नेपाल पिछडावर्ग (OBC) महासंघले जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलन आयोजना गरि जनता समाजवादी पार्टी (जसपा) नेपाल र अखिल नेपाल पिछडावर्ग महासंघले ३ बुंदे सहमति सहकार्य गरि ‘पिछडावर्ग (OBC) महासंघ नेपाल’ घोषणा हुनेछ ।

अखिल नेपाल पिछडावर्ग महासंघमा रहेको ३६ वटा जातजाति, २२ ओटा जिल्लामा संगठन बिस्तार र ६५ हजार सदस्य रहेको अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रिय अध्यक्ष भरत प्रसाद महतो बताए ।

पिछडावर्ग (OBC) काे आवाज कुनै पनि पार्टीले नस्वीकारकाे र जसपाले आवाज सुनिदिएकाे प्रती धन्यवाद दिएका हुन । पिछडावर्ग (OBC) महासंघ नेपाल घोषणा जसपा अध्यक्ष उपेन्द्र यादवले गर्ने अध्यक्ष महताेले बताएका छन् ।

अध्यक्ष महतोले भने, ‘अखिल नेपाल पिछडावर्ग महासंघ पिछडावर्ग (OBC) महासंघलाई आउने दिनमा जसपाको मजबुत भातृसंगठन निर्माण गर्ने र पिछडावर्गमा पर्ने जातजातिहरुको केन्द्र र प्रदेशमा सुचिकृत गराउने र पिछ्डावर्ग (OBC) उत्थान विकास समितिको पदाधिकारीको नियुक्ति गर्ने उल्लेख गर्नुभएको छ ।’

बिगत २०५५ साल देखि पिछडावर्ग (OBC) को हक अधिकारको लागि संघर्ष गर्दै आएको २०७२ को संविधान अनुसार २०७८/०७/०८ गते महासंघ केन्द्रिय कार्यलयको निर्णय भएको थियो ।

पत्रकार सम्मेलनमा नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव भने, ‘नेपाल शोषण उत्पीडणमा परेको, अधिकारबाट पछाडी पारेका र हकअधिकार बञ्चित रहेका आदिवासी, जनजाति, दलित, मुस्लिम र मधेसमा बहुसंख्यक रहेका पिछडावर्ग (OBC) पर्ने जातजातिहरुलाई जसपामा सामेल गराएर जसपा मजबुत र सम्पूर्ण वर्ग र जातजातिहरुको पार्टी रहेकोे बताए ।

मंसिर १७ गते ११ बजे देखि उद्योग बाणिज्य संघ जनकपुरको सभाहलमा कार्यक्रम आयोजना गरि जसपा अध्यक्ष उपेन्द्र यादव, प्रदेश-२ का मुख्यमन्त्री लाल बाबु राउत, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह उपस्थितमा सो संगठनको घोषणा हुने बताएका हुन् ।

अखिल नेपाल पिछडावर्ग (OBC) महासंघलाई जसपामा सामेल गराउन बिशेष भुमिका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव र समाजवादी युवा संघ, धनुषा अध्यक्ष दिपेन्द्र कापरी लगायत जसपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता घोषणा गरिनेछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार