अबैध भारतीय ट्रक नेपाल भित्रीएका ट्रक फेला: प्रसासन मौन


महेश सिंह/सिरहा, मंसिर १५ गते
भन्सार छली गरि नेपाल भित्रीएका अबैध दुईवटा भारतीय ट्रक करिब एक बर्षदेखि सिरहामा लुकिछिपी कमाई खाने भाडोको रुपमा काम गरिरहेका छन् । प्रहरी प्रशासन र केही नेताहरुको मिलोमतोमा उक्त ट्रक भन्सार छलेर नेपाल भित्रिएको रहस्य खुलेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर-९ स्थित मुसहर्निया टोलमा थन्किएर राखिएको भारती ट्रक आर. जे.१९ इ १४२८ र आर. जे.०६ इ ०८८९ नम्बर (बोर्डिङ्ग गाड्ने ) दुईवटा ट्रक अहिले बेवारिस अवस्थामा छन् ।

नगरपालिकाका उपमेयर फुलकुमारी श्रेष्ठको घर छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको खाली जग्गामा उक्त ट्रक थन्किएको छ । काम पाए काम गर्छन्, नपाए थन्काएर राखेका छन् ।

पत्रकारको एक टोलि स्थलगत रुपमा रिपोर्टिङ्ग गर्न पुग्दा उक्त ठाउँमा कोई भेटिएन । स्थानीयलाई समेत सवारी धनिको नाम थाहा छैन् । नाम नखोल्ने शर्तमा एक जना स्थानीयले भने, ‘ट्रकहरुलाई संरक्षण गर्नमा ठूलो पहुँचवालाको संलग्नता रहेको छ । यसलाई सत्य तथ्य छानबिनका लागि प्रहरी प्रशासनलाई अनुरोध गर्न चाहन्छु ।

एक दिनको एउटा ट्रकको भन्सार शुल्क करिब ३ हजार रहेको छ । उक्त दुईवटा ट्रक रहेकोले दैनिक भन्सार शुल्क ६ हजार पर्ने भएको हुँदा मिलोमतोको आशंका रहेकोे स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार