वडाध्यक्षले जेसीबीमा चढेर नगर परिक्रमा गर्नु गैरजिम्मेबारी देखाए ।


न्युजडेस्क/जनकपुरधाम, मंसिर २४ गते
भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने जेसीबीमा अब यात्रा गर्न थालिएको छ । झट्ट सुन्दा अपत्यारो लाग्ला । तर, जनकपुरधाममा बुधबार भएको शोभा यात्रामा जेसीबीमा यात्रा गरेर नगरबासीलाई तर्साएको देखियो ।

जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षले सीताराम विवाह महोत्सवको शोभा यात्रामा डोजरमा सवार भएपछि चौतर्फी आलोचना भएको छ । जनकपुरधाम वडा नं ७ का वडाध्यक्ष जानकीराम साह जेसीबीको बकेटमा बसेर शोभा यात्रामा सहभागी भएका थिए ।

जेसीबीको बकेटमा बसेका साहले नमस्कार र हात हल्लाउदै शोभा यात्रामा सहभागि भएको भिडियो यति बेला सामाजिक सञ्जालमा चर्चा पाएको छ । धार्मिक यात्रामा वडाध्यक्षको जेसीबी ‘स्टन्ट’लाई यहाँका बुद्धिजिबीले गैरजिम्मेबार व्यवहार भएको भन्दै टिप्पणी गरेका छन् ।

राराब क्याम्पसका मैथिली बिभागका प्रमुख प्रमेश्वर कापडीले भने, ‘वडाध्यक्षले जेसीबीमा चढेर नगर परिक्रमा गर्नु ‘चाइल कुचाइल, अवढंगाह संस्कार देखाएको र सीतारामको विवाह महोत्सवमा जनप्रतिनिधिले जिम्मेवार व्यवहार देखाउनु पर्नेमा वडाध्यक्ष जेसीवीमा चढेर गैरजिम्मेवारी व्यवहार दर्शाएका बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक नवराज न्यौपानेले शोभा यात्राको क्रममा जैसीवीमा चढेर यात्रा गर्नु गलत भएको बताए । शोभा यात्रामा सडक जाम हुन नदिने मात्रै हाम्रो जिम्मेवारी थियो, प्रहरी निरीक्षक न्यौपानेले भने, ‘बुझ्ने व्यक्ति जेसीबी चढ्दै चढदैन । बुझ्ने जनप्रतिनिधि जेसीबी चढनु गलत हो । सुरक्षाको दृष्टिकोणले पनि जेसीबीको बकेटमा बस्नु गलत कार्य हो, बताए ।’

जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दासले विवाह महोत्सवको शोभा यात्रामा सबै मठमन्दिर संघसंस्थाहरु सहभागि हुने भएकोले कसैले पनि अनुमति नलिएको बताएको छ । जनकपुर सञ्चार

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार