कृषि विश्वविद्यालयको समुदघाटन, प्रदेशलाई आत्मनिर्भर बनाउने उद्घोष


न्युजडेस्क/सप्तरी, मंसिर २७ गते
प्रदेश-२ सरकारको महत्वाकांक्षी परियोजना प्रदेश कृषि विश्वविद्यालय सप्तरीले राजविराजमा कार्यालय स्थापना गर्दै औपचारिकता रुप ग्रहण गरेको छ ।

पूर्व उपप्रधानमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले विश्वविद्यालयको कार्यालय उदघाटन गरेपछि कृषि विश्वविद्यालयले औपचारिकता रूप दिने गरेको हो । उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री यादवले ८० प्रतिशत जनता कृषिमै आधारित रहेको हुदा कृषिलाई आधुनिकी करण गर्न प्रदेश सरकारले कृषि विश्वविद्यालय स्थापना गरेको बताएका छन् ।

यस विश्वविद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै प्रदेशबाट गरिबी र बेरोजगारी न्यूनिकरण गर्न ठुलो मद्दत पुग्ने विश्वास रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि मुख्यमन्त्री राउतले दक्ष जनशक्ति उत्पादन नभएसम्म प्रदेशको विकास सम्भव नरहेकाले कृषि विश्वविद्यालयको स्थापना गरिएको बताउनु भयो । दक्ष जनशक्ति उत्पादन गर्ने सिटिईभिटि प्रदेश सरकार मातहत हुनुपर्ने भएपनि संघीय सरकारले हालसम्म हस्तान्तरण नगरेको हुदा प्रदेश सरकार विश्वविद्यालयका साथै प्राविधिक शिक्षा बोर्ड समेत स्थापना गर्ने प्रक्रिया शुरु गरिसकेको बताए ।

बिना शिप वैदेशिक रोजगारीमा जाने युबाहरुको पिडाबाट प्रदेश सरकार अबगत रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्राविधिक शिक्षामा जोड दिँदै प्रदेश सरकारले आत्मनिर्भर र रोजगारमुलक प्रदेश बनाउने प्रयास अगाडी बढाएको बताएका हुन् । विश्वविद्यालयको कुलपति समेत रहनु भएका मुख्यमन्त्री राउतले विश्वविद्यालय संचालनका लागि प्रदेश सरकार हर सम्भव प्रयासरत रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले नवनियुक्त उपकुलपति डा. वैद्यनाथ महतोलाई पद तथा गोपनियताको सपथ समेत गराउनु भएको थियो । सामाजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रमामा अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, प्रतिनिधीसभा सदस्य डा. सूर्यनारायण यादव, प्रदेशसभा सदस्य मनिष सुमन, राजविराजका मेयर शम्भु यादव सहितले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार