जनकपुर-जयनगर रेलसेवा अंग्रेजी नयाँ बर्षबाट सुरु गर्ने तयारी ।


न्युजडेस्क/जनकपुरधाम, पौष ९ गते
इन्डो-नेपाल रेलसेवा अंग्रेजी नयाँ वर्ष अर्थात् सात दिनपछि सुरु गर्ने तयारी भएको छ । भारतीय पत्रीका टाइम्स अफ इन्डियाका अनुसार भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४.५ किमि रेलसेवा जनवरीदेखि अर्थात् मध्यपुसबाट सुरु हुनसक्ने तयारी गरिरहेका छ ।

उक्त रेल नेटवर्क तीन चरणमा सम्पन्न गर्ने गरि इर्कोन इन्टरनेशनल लिमिटेडले जयनगर-कुर्था, कुर्था-बिजलपुरा र बिजलपुरा-बर्दिबास जिम्मा पाएका छन् ।

यसभित्र ६८ किमि दूरी पर्छ ।
ईसीआरका प्रमुख जनसम्पर्क अधिकृत (सीपीआरओ) राजेश कुमारले जयनगर-कुर्था रेलसेवा पूर्ण तयार भइसकेको बताए । नेपालले भारतीय कम्पनी कोंकण रेल्वेबाट दुईवटा रेल नेपाललाई गतवर्ष नै हस्तान्तरण गरिसकेका छन् ।

नेपालले रेल ल्याए पनि सञ्चालन अझै सुरु गर्न सकेको छैन । जयनगर-कुर्था रेल सञ्चालनमा ल्याउन दुवै देशको टोलीले कुर्था-बिजलपुरा ट्राकको अनुगमन र उच्च गतिको रेल सञ्चालन गरेर परीक्षण समेत गरिसकेका छन् ।

तेस्रो फेजमा बिजलपुरादेखि बर्दिबाससम्म १७ किमि रेल ट्राक बन्नेछ । तर यसका लागि नेपाल सरकारले जग्गा अधिग्रहण गर्नै बाँकी छ । सोही कारण नयाँ रेल लाइन र स्टेसन भवन निर्माणको काम हुन सकेको छैन । जयनगरदेखि बर्दिबाससम्म रेल चल्दा भने आठ स्टेसन हुनेछन् भने छ ठाउँमा रेल रोकिनेछन् ।

सन् २०१८ अगष्टमा नेपाल र भारतबीच भएको सम्झौताअनुसार यो परियोजनाको अनुमानित लागत ७ अर्ब ८७ करोड भारतीय रुपैयाँ हुने भारतीय विदेश मामिला मन्त्रालयले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार