जानकारीको आभावमा प्रदेश २ कुपोषणको शिकार हुँदै: मुख्यमन्त्री राउत


न्युजडेस्क/जनकपुरधाम, पौष १६ गते मुख्यमन्त्री लालबाबु राउतले अन्नको भण्डारको रुपमा रहेको प्रदेश नम्बर २ को बालबालिका कुपोषणको शिकार हुनुमा कुपोषण सम्बन्धि जानकारीको आभाव प्रमुख कारण रहेको बताउनु भएको छ ।

राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिले आज जनकपुरधाममा आयोजना गरेको बहुक्षेत्रीय पोषण योजना सम्बन्धि प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुरा बताएको छ ।

उहाँले अन्नको भण्डार मात्र नभई, दुध, फलफुल लगायतका खाद्य सामग्रीको पर्याप्तता हँुदा हुँदा उपयोग सम्बन्धि जानकारीको आभावमा बालबालिका कुपोषणको शिकार हुनु दुखद रहेको बताउनु भयो ।

पोषण सम्बन्धि प्रदेशमा संचालित कार्यक्रमहरु व्यवहारमा उत्रिन नसकेको प्रति चिन्ता व्यक्त गर्नु हुँदै मुख्यमन्त्री राउतले पोषण सम्बन्धि कार्यक्रमलाई जनस्तर सम्म पु¥याउन सरोकारबलाहरुलाई निर्देशन समेत दिनु भयो ।

उहाँले भन्नु भयो, ‘पोषण सम्बन्धी तथ्यांकहरुले प्रदेशको अवस्था सुधारोन्मुख रहेको देखाएपनि सन्तोषजनक छैन । कार्यक्रममा तिब्रता ल्याउनुस ।’ राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकर प्रसाद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिला विक्रम थापा, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव बसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झा सहितले पोषणको अवस्था बारे प्रस्तुती गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रदेश सभा सदस्य प्रमिला दास, शारदा थापा, सरस्वति चौधरी, संविधानसभा सदसय डा. विजय कुमार सिंह सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार