प्रदेश २ की मन्त्री सवार गाडी पल्टियो ।


न्युजडेस्क/सप्तरी, पौष २१ गते
प्रदेश नम्बर-२ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण सवार गाडी बुधवार साँझ दुर्घटनामा परेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ जोलहनिया पुल नजिक उनीसहित चार जना सवार ज १ झ ४०६ गाडी दुर्घटनामा परेको हो ।

सोही वडामा रहेको वरहीविरपुर जाने क्रममा गाडी पल्टिएको कर्णका स्वकीय सचिव ध्रुवकुमार मण्डलले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मन्त्री कर्ण छाती र हातमा चोट लागेर घाइते भएकी छन् । उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको छ । त्यसैगरी स्वकीय सचिव मण्डलको पनि हातमा चोट लागेको छ । भने गाडीमा सवार जयप्रकाश चौधरी र प्रथम राम पनि समान्य घाइते भएका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार