सोनिगामा योग भवनको उदघाटन भयो ।


बलिराम कापरी/जनकपुरधाम, माघ १ गते
धनुषा जिल्लाको हंसपुर नगरपालिका-६ सोनिगामा आर्युवेद औषधालयको योग भवन निर्माण भएको आज एक कार्यक्रम गरि प्रदेश सांसद रामअशिष यादवले उद्घाटन गरेका छन् ।

सर्वाङ्गिण बिकासका लागि योग मुलनाराका साथ आज राष्ट्रिय योग दिवसको अबसर पारेर सोनिगामा आयुर्वेद भवन उदघाटन जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा प्रदेश सांसद यादव उदघाटन सम्पन्न गरेको हो ।

उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले योग र आर्युवेद एक अर्काका पूरक रहेकोले दुवैको विकास एक साथ गर्नुपर्ने समेत जोड दिएका हुन् । देश र मानवको समग्र विकासका लागि योग र जडिबुटी नै रहेको उनले बताएका छन् ।

सो कार्यक्रममा सांसद कौशल यादव, जसपा धनुषा अध्यक्ष पशुपति यादव, हंसपुर नगरपालिकाका कार्यकारी अधिकृत केशव अधिकारी, समाजवादी युवा संघ प्रदेश उपाध्यक्ष उमेश निराला धनुषा जिल्ला अध्यक्ष दिपेन्द्र कापर, बिद्यार्थी नेता बलिराम कापर र अबधेश यादव लगायत स्थानीय नेता तथा कार्यकर्ताहरु उपस्थिति रहेको थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार