चिकित्सद्वय डा. रामज्ञान र डा. निमु यादवद्वारा ज्योति आँखा अस्पताल संचालन


न्युजडेस्क/जनकपुरधाम, माघ ८ गते
मधेस प्रदेश राजधानीको जनकपुरधाममा चिकित्सा सेवालाई सहज, सरल र प्रभावकारी सेवाको उद्देश्यले ज्योति आँखा अस्पताल संचालन गरिएको छ ।

चिकित्सक दम्पतीद्वय डा. रामज्ञान यादव र डा. निमु यादव कुशल संयोजन तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सविन साहुको सहकार्यमा जनकपुरधामको रामानन्दचोक देखि पुर्व जाने शाखा सडकको छेउमा ज्योति आँखा अस्पतालको विधिवत रूपमा गरेर संचालन गरिएका छन् ।

चिकित्सा सेवालाई प्रभावकारी बनाउन उद्देश्यले डा. यादवको परिकल्पनामा सो अस्पतालको संचालन गरिएको हो । मधेश प्रदेशको राजधानी जनकपुरधाम घोषणा भएपछि स्वास्थ्य सेवामा सुधारका लागि जनकपुरधामका चिकित्सकहरुको जमर्को कसेर अघि बढ्दै गएको छ ।

प्रदेश सांसद रामअशिष यादवले भने, ‘देश संघीयतामा आइसकेपछि मधेश प्रदेशको राजधानी जनकपुरधाम भएपछि जनकपुरधामको चौतर्फी बिकास र भौतिक पूर्वाधार विकास हुने निश्चित रहेको छ । साथै अस्पताल संचालन गरेको दम्पतीलाई बधाई तथा शुभकामना समेत दिन्छौ ।’

सो अबसरमा भगहा नगरपालिकाका प्रमुख संजीव साह, युवा समाजसेवी अभियन्ता रवि गोयन्का, शिक्षा अभियान्ता जयप्रकाश मण्डल र स्वच्छता अभियन्ता बजरंग यादव उपस्थित रहेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार