सिके राउतले अराजक गतिविधि गरेको भन्दै महिला संघको प्रदर्शन ।


न्युजडेस्क/जनकपुरधाम, माघ १० गते
जनता समाजवादी पार्टी (जसपा) नेपालका निकट समाजवादी महिला संघले प्रदर्शन गरेको छ ।

माघ ५ गते बलिदानी दिवस मनाउने क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवमाथि गरेको दुर्व्यहारको विरुद्ध प्रदर्शन गरेको हो ।

माघ ५ गते बलिदानी दिवस मनाउन गौर पुगेको मन्त्री यादवमाथि जनमत पार्टीका नेता कार्यकर्ताहरुले सुनियोजित ढंगले भाला, लाठी र अन्य घरेलु हात-हथियारको प्रयोग गरी हत्याको प्रयास गरेको संघको आरोप छ ।

संघले मन्त्रीमाथि भएको त्यस किसिमका दुर्व्यहार रोक्न समेत माग गरेका छन्। संघले यस्ता किसिमका गैरराजनीतिक कार्य गर्नेहरुलाई तत्कालै कारबाही गर्न माग समेत गरेको छ ।

मधेस प्रदेशको जनकपुर, रौतहट लगायत विभिन्न स्थानमा प्रदर्शन गर्दै महिला संघले मन्त्री लागयत महिला नेतृत्वकर्मीको सुरक्षाको माग समेत गरेका छन् । त्यस्तै, दुर्व्यवहार गर्नेहरुमाथि कारबाही गर्न संघले माग गरेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार