कांग्रेसका नेता गठबन्धन भत्काउने षड्यन्त्रकारी खेलमा


बलिराम कापरी/जनकपुरधाम, माघ १४ गते
सत्तारूढ पाँच दलिय गठबन्धनका नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका नेपाली कांग्रेस नेता एवम् पुर्व संविधानसभा सदस्य रन्जित कर्णले गठबन्धन विरुद्धमा लागेको र सरकार भत्काउने षड्यन्त्र गरिरहेका खुलासा भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादवले नेपाली कांग्रेसका नेता कर्णले अहिले कांग्रेस पार्टीको कुनै जिम्मेवारी पदमा छैन् । कुनै पनि पदमा नभएको व्यक्ति चर्चित हुनका लागि अहिले गठबन्धन विरुद्ध गतिविधि गरेर चर्चित हुन चाहन्छ । पाँच दलिय गठबन्धन भत्काउनु र सरकार ढाल्ने खेलमा लागेका हुन् ।

नेता कर्णका पार्टी गठबन्धनमा भएकाे हुनाले सबै दलहरूकाे भूमिका सामान भएतापनि कांग्रेसका केही नेता कार्यकर्ताले प्रधानमन्त्री देउवालाई साइजमा ल्याउन गठबन्धनको सरकारलाई विवादित बनाउन खोज्दैछन् ।

भर्खरै भएकाे नेपाली कांग्रेसका अधिवेशन र महाधिवेशनबाट पराजित सदस्यहरूले विपक्षीहरुसँग साँठघाट गरि भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकमारी यादवको अभिव्यक्तिलाई लिएर सभापति देउवालाई असफल बनाउन लागेकाे कुरा प्रष्ट देखिन्छ ।

कांग्रेसभित्र देखिएकाे व्यक्ति विशेषकाे क्रियाकलापले प्रतिगमनकारीहरुलाई थप बल पुग्ने स्वभाविक मान्न सकिन्छ । तर स्मरणीय रहाेस । याे गठबन्धनको सरकारले गर्दा कांग्रेसलाई सबैभन्दा बढी फाइदा भएकाे छ । मन्त्री यादवले दिनुभएकाे अभिव्यक्तिकाे सार फरक थिए नेता जितेन्द्र यादवले बताएका छन् ।

एक फरक प्रसंगमा जसपा नेपाललाई कसरी मधेश प्रदेशमा कमजाेर बनाउने हाे । त्याे कुरा घटनाहरूबाट प्रष्ट देखिन्छ । तसर्थ कुनै पार्टीलाई निशाना नबनाउन गठबन्धन आवद्ध पार्टीहरूले सरकार सञ्चालन निर्देशिका पारित गरेकाे र यसैकाे परिधिमा रहि सबै दलकाे अपनत्व हुने गरि सरकार संचालन गर्न सुझाव दिए । साथै सम्पूर्ण गठबन्धन घटकदलका पार्टीका नेता कार्यकर्ताहरुले कर्तव्यनिष्ठपूर्वक पालना गर्नुपर्ने नेता यादवले बताएका हुन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार