जनकपुरको नेशनल ह्युमन रिसोर्स डेभलपमेन्ट एकेडेमीमा कमिटी गठन ।


न्युजडेस्क/जनकपुरधाम, माघ १५ गते
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन धनुषाको उपाध्यक्ष सरोज कुमार यादव र संस्कार यादवको संयुक्त अध्यक्षता तथा प्रमुख अतिथि प्रदेश कोषाध्यक्ष सुरेन्द्र यादवको आतिथ्यमा जनकपुरस्थित नेशनल ह्युमन रिसोर्स डेभलपमेन्ट एकेडेमी (ऐनएचआरडीए) नवीन यादवको नेतृत्वमा २२ सदस्य एकाइ कमिटी गठन गरेको छ ।

कलेज एकाई कमिटीको अध्यक्षमा नवीन यादव चयन भएका छन् । यस्तै उपाध्यक्षमा पिंकी कुमारी साह र सरोज राय यादव, सचिवमा उमेश यादव, सहसचिवमा अभिषेक यादव र कोषाध्यक्षमा रामरत्न यादव चयन भएको जिल्ला सचिव बलिराम कापरीले बताएका छन् ।

कमिटीको सदस्यहरुमा क्रमशः राहुल कुमार साह, सलामत नदाफ, बिक्रम राय, संजिप यादव, आरके यादव, शंकर शर्मा, अनि साह, रोशनी महतो, निशा ठाकुर, कुन्दन झा, सौरभ कुशवहा, मंजय यादव, अमबिकेस यादव, चन्दन बैठा, रबिना मण्डल र श्याम साह लगायत चयन भएका छन् ।

साथै समाजवादी विद्यार्थी युनियन धनुषाका सचिव बलिराम कापरीले एकाइ कमिटीका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार