कृष्णानगर नगरपालिका मानव बेचबिखन सम्बन्धि छलफल ।


न्युजडेस्क/कपिलवस्तु, माघ २३ गते
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा मानव बेचबिखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि बार्षिक सार्वजनिक छलफल कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको छ ।

कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रराम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य पालिका महिला तथा वालबालिक शाखा प्रमुख थुमा देवी उपाध्यायले राखेको थिए ।

पालिकामा क्रियाशिल विभिन्न संघ संस्था, प्रहरी, मानव बेचबिखनवाट पीडित व्यक्ति, कर्मचारी, पत्रकार, समाजसेवी लगायत अन्य सरोकारवालाहरूको बिचमा मानव वेचबिखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि के कस्ता उपायहरू अपनाउन सकिन्छ । भन्ने बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा मानव बेचविखनका कारणहरू, मानव बेचविखनबाट हुने असर, मानव बेचविखन नियन्त्रणका उपायहरू, मानव बेचविखन बिरूद्ध माइती नेपालले गरेका पहलहरु, उद्धार एवम् पुनरागमन प्रक्रिया, बालश्रम, कार्यस्थलमा हुन सक्ने यौन दुर्व्यवहारहरू, सेवास्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा माइती नेपाल रूपन्देही तथा कपिलवस्तु जिल्लाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रकाश पारेको थियो ।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापकिय भुमिका माइती नेपालद्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले गर्नुभयो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार