सञ्चारमन्त्री कार्कीलाई थप सुरक्षाकर्मी थपियो ।


न्युजडेस्क/काठमाडौँ, फाल्गुन ९ गते
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

सञ्चारमन्त्री कार्कीले फाल्गुन ८ गते अर्थमन्त्रीको तर्फबाट संघीय संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए । एमसीसी टेबुल गरेको झोकमा एमसीसी बिरोधिहरुले आक्रमण गर्नेतर्फ ध्यान दिदै थप सुरक्षा उपलब्ध गराएको श्रोतले जनाएको छ ।

एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

उनको निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक सई खटाइएको थियो । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार