हंसपुरको भतहीमा सयौं संख्यामा जसपामा प्रवेश।


न्युजडेस्क/जनकपुरधाम, चैत १२ गते
धनुषामा जनता समाजवादी पार्टी (जसपा) नेपाल हंसपुर नगरपालिका वडा नम्बर-८ भतही टोलमा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जसपामा प्रवेश गरेका छन्।

हंसपुर नगरपालिकाको वडा नम्बर-८ भतहीमा नेकपा एमाले, लोसपा, काङ्ग्रेस लगायत पार्टी प्रतियाग गरि जसपामा प्रवेशको लहर चलेको छ।

कार्यक्रमको सम्बोधन गर्दै केन्द्रिय सदस्य मण्डलले भने, हंसपुर नगरपालिकामा बिगतमा जतिसुकै भ्रष्टाचारी र कमिसनखोरी भए, त्यो सबै कार्य जिम्मेवार नै मेयर रामज्ञान मण्डल हो। त्यस्तै पालिकामा विभिन्न समयमा घटना र दुर्घटना जिम्मेवारी मेयरलाई नै लिनुपर्छ।

सो कार्यक्रम जसपा नगरअध्यक्ष रामनारायण कापरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिद्व्य जसपा केन्द्रिय सदस्य सुरेन्द्र कुमार मण्डल र दिपक कार्की, अतिथि समाजवादी युवा संघ धनुषा अध्यक्ष दिपेन्द्र कापरी, पार्टीका स्थानीय नेता शिवकुमारी मुखिया, कुशे मण्डल, नागेश्वर साह तथा युवा अजय मण्डल लगायत नेता तथा कर्याकर्ताहरुको समेत उपस्थिति रहेको थिए।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार