
बलिराम कापरी/सर्लाही, चैत १२ गते
सर्लाही जिल्लाको ईश्वरापुर नगरपालिका-६ पुरानो नगरपालिका चोकमा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् प्रमुख सचेतक प्रमोद शाहमाथि भएको सांघातिक आक्रमणको गृहमन्त्री बालकृष्ण खाँणले छानबिन गरिने बताएका छन् ।
शनिबार बिहान भएको आक्रमणमा घाइते शाहलाई मेडिसीटी अस्पतालमा पुगेर भेट्दै गृहमन्त्री खाँणले घटना छानबिन गरी दोषीउपर कारबाही गरिने बताएका छन् । शाहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरि दोषी भएका माथि कारबाही गर्ने गृहमन्त्री खाँणले बताए ।
गृहमन्त्री खाँणले सचेतक शाहको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका, उनको सचिवालयले जनाएको छ । पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सचेतक साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेका हुन् ।