कात्तिक २७ संघ र मंसिर १३ प्रदेशमा चुनाव हुने।


न्यूजडेस्क/काठमाडौं, जेष्ठ १० गते
स्थानीय तह निर्वाचनको परिणाम आइनसक्दै संघीय र प्रदेशसभाको निर्वाचनको मितीका बारेमा छलफल सुरु हुन थालेको छ । हिजोको सत्तागठबन्धनको बैठकमा यो विषयमा प्रवेश पाएको नेताहरुले जनाएका छन् ।

स्थानीय चुनावमा गठबन्धन सफल भएकोले यसलाई निरन्तरता दिएर यथासक्य चाँडो निर्वाचन गराउने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ । उहाँ सकेसम्म असोज मै चुनाव गराउन सकिन्छ कि भनेर निकटहरुसंग परामर्शमा हुनुहुन्छ । तर निर्वाचन आयोगले असोजमा संघीय र प्रदेशको चुनाव गराउन नसक्ने खबर प्रधानमन्त्री देउवालाई पठाएको छ ।

सत्तागठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले भने आगामी फागुन चैतमा चुनाव गर्ने विषयमा आन्तरिक परामर्श गर्न थालेको स्रोतले बताएको छ ।

निर्वाचन आयोगले चाँही आगामी कातिक २७ र मंसिर १३ गते दुई चरणमा संघ र प्रदेशको निर्वाचनको मिती प्रस्ताव गर्ने तयारी आन्तरिक तयारी थालेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अहिले नै संघीय र प्रदेश निर्वाचनको मितीका बारेमा कुनै छलफल नभएको बताउनुभयो । थपलियाले भन्नुभयो ‘यस विषयमा छलफल सुरु भइसकेको छैन । तर कातिकको अन्तिम हप्ता र मंसिरको दोस्रो हप्ता भित्र चुनाव गर्नुपर्छ । भनेर हामी प्रस्ताव गर्छौं ।’

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार