औरही गाउँपालिकाका अध्यक्षले सार्बजनिक कार्यक्रममै शिक्षिकामाथी दुर्व्यवहार गरे


न्युजडेस्क/जनकपुरधाम, जेठ ३० गते
धनुषाको औरही गाउँपालिकामा नेकपा एमालेबाट निर्बाचित पालिका अध्यक्ष उमाशंकर प्रसाद साहको निर्बाचित भएको एक महिना नबित्दै कार्यक्रममा सहभागी भएर आफ्नो चर्तीकला देखाएका छन ।

औरहिको परवाहा बिद्यालयमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत कार्यक्रममै निर्वाचित अध्यक्ष साहले शिक्षिका माथी दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।

सो कार्यक्रममा महिलाले पनि बोल्न पाउनु पर्ने मांग राखेकी शिक्षिका प्रतिभा झाले संबिधानले प्रदत गरेको ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको छ । भने माँग गरे लगत्तै अध्यक्ष साहले भने, तँ बस भन्दै माईक खोसी दुर्व्यवहार गरेको शिक्षिका झाले आरोप लगाएकी छिन् ।

अध्यक्ष साहले माईक खोस्दै गरेको भिडिओ समेत सार्बजनिक भएपछि शिक्षिका झाले आजै दुर्व्यवहारको मुद्दा दर्ता गराउन लागेको जनाएकी छिन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार