पार्टी फुटाउने सांसदहरुलाई मोसो दल्ने चेतावनी


न्युजडेस्क/जनकपुरधाम, जेष्ठ ३१ गते
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतले पार्टीका सांसदहरुलाई कार्यकर्ताहरुले कालो मोसो दल्ने समय आउन सक्ने बताएका छन् ।

जसपा फुटको अवस्थामा रहेको र पार्टीका केही सांसदहरु त्यसमा संलग्न रहेको चर्चा चलिरहेकाे बेला बस्नेतले उक्त चेतावनी दिएका हुन् ।

बस्नेतले भने, कहिले कुन रिसोर्टमा पुगेको छ, कहिले कुन होटेलमा पुगेकाे छ । पार्टीले विश्वास गरेर दिएको जिम्मेवारी र अवसरको केही सांसदहरुले निर्मम ढंगले दुरुपयोग गरेका छन् । आफ्नो स्वार्थको लागि पार्टी विरुद्ध गतिविधि गर्न सांसदलाई कालो मोसो दल्ने तयार छु । त्यस्तै कार्यमा संलग्न भए भने जहाँ भेट्याे त्यही कालो मोसो दल्नुपर्ने हुन सक्छ ।

त्यस्ता सांसदहरूलाई अनुशासन तोड्ने पार्टीले पो कारबाही गर्नुपर्ने हैन । भन्ने प्रश्नमा उनले पार्टीले त्यसो गर्ने गरेको भए कालाे माेसाे दल्ने कुरा साेच्नै नपर्ने बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार