निजगढ विमानस्थल सारेमा आफुलाई स्वीकार्य नहुने: मुख्यमन्त्री राउत


न्युजडेस्क/जनकपुरधाम, अषाढ २ गते
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दोश्रो अन्तराष्ट्रिय विमानस्थल निजगढबाट कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन्।

निजगढमा विमानस्थल बन्नुपर्ने मांग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसंगको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश प्रदेशको विकासका लागि महत्वपूर्ण निजगढ विमानस्थाल सार्ने खेल आफुहरुलाई स्वीकार्य नहुने बताउनुभयो।

सर्वोच्च अदालतको फैसलाको पूर्ण अझै बाकी रहेको अबस्थामा नआतिन निजगढ बासीहरुलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले पूर्णपाठमा निजगढ विमानस्थलको लागि साकारात्मक सन्देश आउने विश्वास व्यक्त गर्नुभएको हो।

उहाँले भन्नु भयो –

निजगढ विमानस्थल बन्नु पर्नेमा हामी दृढ छौ। तर विमानस्थलको नाउँमा अनावश्यक रुख कटानी गर्न दिदैनौ। विश्वको सबैभन्दा ठूलो विमानस्थल होइन, नेपालको लागि सुहाउदो विमानस्थल बनाउनका लागि प्रदेश सरकारले हर सम्भव प्रतिबद्ध रहेको बताए।

विमानस्थलको नाउँमा जंगल नै सिद्धाउने चलखेल हुँदै आएको प्रति निजगढबासीलाई सचेत गराउनु हुँदै मुख्यमन्त्री राउतले निजगढ विमानस्थलको निर्माण प्रक्रिया कागजमा मात्र नभई सतहमा शुरु गर्न गराउनका लागि दबाब दिन आग्रह समेत गर्नुभयो।

निजगढबासीले केही दिन यता जारी राखेको चक्का जाम सहितको आन्दोलन तत्कालका लागि स्थगन गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भन्नु भयो। सर्वोच्चको पूर्णपाठ नआउञ्जेलसम्मको लागि आन्दोलन स्थगित गर्नुस । पूर्णपाठ हाम्रै पक्षमा आउँछ, भनेमा विश्वस्त गराएको थिए। विपक्षमा आए फेरी आन्दोलन गरौला।

मुख्यमन्त्री राउतले रिले अनसनमा बसेका आन्दोलनकारीहरुलाई भेटेपछि सरोकार समिति चक्का जाम कार्यक्रम आजैबाट स्थगित गरेका छन्। भने रिले अनसनलाई निरन्तरता नै दिने जनाएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार